काठमाडौं– नेपालमा थप ४ हजार ५२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभर भएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ४ हजार ५२२ जना संक्रमित थपिएका हुन्।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १२ हजार २०४ जनाको आरटी–पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ४ हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणका क्रममा ८१९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ४१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना भाइरस संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।