काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमणको कारण योगको महत्व झनै बढेको बताएका छन्।
सोमबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ संक्रमणको अवस्थाका कारण योगको महत्व झनै बढेको बताएका हुन्।
उनले व्यक्तिलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउनका र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औैंल्याए। जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको प्रधामन्त्रीको भनाइ छ।
‘यतिबेला योगको असाधारण महत्व छ। कोभिड-१९ बाट यतिबेला व्यक्तिलाई स्वस्थ बनाउन, शारीरिक, मानसिक हिसाबले स्वस्थ राख्न, कुनै प्रकारले डिप्रेसनमा जान नदिन, मनोवैज्ञानिक उपचारदेखि लिएर शारीरिक उपचार, प्रतिरोधी क्षमताको विकास गर्न योग आवश्यक छ। वस्तुपरक ढंगले जीवनको रुपमा हेर्न, बुझ्न योग जरुरी छ’, प्रधानमन्त्री ओलीले भने।
ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आगामी पुस्तालाई सभ्यता सिकाउनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइँलाई बढीमा दुई वर्षभित्र पराजित गर्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।