काठमाडौं– टोकियो ओलम्पिकमा सहभागी हुन जापान आइपुगेका युगाण्डा ओलम्पियाडका एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। बीबीसीका अनुसार नौ सदस्यीय युगाण्डा टोलीका एक जनामा संक्रमण पुष्टि भएको हो। टोलीका सबै सदस्यले पूर्ण खोपलगाएको समाचारमा उल्लेख छ।
जापान आइपुगेका युगाण्डाको टोलीमा बक्सर, प्रशिक्षक र अधिकारी छन्। युगाण्डा छोड्नुअघि उनीहरु सबै जनाको रिपोर्ट निगेटिभ आएको बताइएको छ। तर, शनिबार टोक्योको नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको जापानी अधिकारीहरुले बताएका छन्।
गत वर्षका लागि निर्धारित टोक्यो ओलम्पिक कोरोना महामारीले गर्दा स्थगित भएको थियो। टोकियो ओलम्पिक जुलाई २३ देखि सुरु हुँदै छ।
जापानमा कोरोना संक्रमितको संख्या यथावत रहेपनि ओलम्पिक पुर्ननिर्धारित समयमै हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।