काठमाडौं- रोटरी क्लब अफ ललितपुर मध्यनगरले आयुर्वेद शिक्षण अस्पताललाई तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ।
क्लबका सदस्यहरुले कोरोनाविरुद्ध सक्रिय अस्पतालका स्वास्थ्यकर्मीको सुरक्षाका लागि आइतबार उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।
अस्पताललाई तीन तह भएको पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोभ्स, एन ९५ मास्क, सर्जिकल गाउन र हाउस ग्लोभ्स प्रदान गरिएको क्लका अध्यक्ष राजेश खड्काले जानकारी दिए।
उनले कोरोनाविरुद्ध सक्रिय सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षाका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए।
‘यी स्वास्थ्य सामाग्री सहयोग गर्न पाउँदा हामीले गर्व महसुस गरेका छौं। स्वास्थ्यकर्मीले अरुको स्वास्थ्यको ख्याल गरिरहँदा आफू पनि सुरक्षित हुन यसले सहयोग पुर्याउनेछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।