काठमाडाैं- काठमाडौं उपत्यकामा मंगलबारबाट निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चल्न पाउने भएको छ।
आइतबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय गरेको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निराैलाका अनुसार निषेधाज्ञा थपिए पनि निजी सवारीसाधनलाई जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय भएको छ।
यसअघि थप गरिएको निषेधाज्ञा भोलि राति (असार ७)बाट सकिँदै छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बनेपछि उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।