काठमाडाैं- काठमाडाैं उपत्यकामा कोरोना संक्रमणको ‘चेन ब्रेक’का लागि भन्दै लागू गरिएकाे निषेधाज्ञा एक हप्ता थप गरिएकाे छ।
आइतबार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला प्रमुख अधिकारीहरूको बैठक निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेकाे हाे।
पछिल्लो समय थपिएको निषेधाज्ञा सोमबार सकिँदैछ। निषेधाज्ञा सकिनुअगावै बसेकाे बैठकले यसलाई निरन्तरता दिने निर्णय गरेकाे ललितपुरका सीडीओ ढुण्डिप्रसाद निराैलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।