काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७२६ पुगेको छ। यस्तै, सोही अवधिमा २ हजार ४४२ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ६७७ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो। यस्तै, ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो।
आरटी पीसीआरबाट १ हजार ४२१ र एन्टीजेन परीक्षणबाट एक हजार २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा ३ हजार ४५६ जना संक्रमित कोरोनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।