काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिको पीसीआर परीक्षणका लागि थप प्रयोगशालालाई अनुमति नदिएको स्पष्ट पारेको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै विदेश जानेको प्रयोजनका लागि सबै सरकारी प्रयोगशाला र न्यूनतम सय शय्या भएका अस्पताल र ‘ए’ वर्गका निजी प्रयोगशालाबाहेक अन्यलाई अनुमति नदिएको स्पष्ट पारेका हुन्।
अन्य प्रयोगशालालाई पनि विदेश जाने प्रयोजनका लागि पीसीआर गर्न अनुमति दिएको समाचार आएको भन्दै उनले मन्त्रालयको आधिकारिक जानकारी नलिई सर्वसाधारणलाई अप्ठ्यारो पर्ने खालका सूचना प्रकाशन नगर्न अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।