• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

निषेधाज्ञाको विकल्पमा 'स्मार्ट लकडाउन'– सीडीओलाई दिइएको अधिकार केन्द्रमै तान्ने प्रयास

64x64
नेपाल लाइभ शनिबार, असार ५, २०७८  २०:५०
1140x725

काठमाडौं– कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गर्न थालिएको २ महिना पुग्न लागेको छ।  

कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भन्दै सबैभन्दा पहिले बाँकेमा गत वैशाख १३ गतेदेखि निषेधाज्ञा लागू भएको थियो भने सबैभन्दा पछि तेह्रथुम जिल्लामा जेठ ७ गतेदेखि निषेधाज्ञा लागू भएको थियो। हाल देशभरका ७५ जिल्लामा निषेधाज्ञा लागू छ। 

काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा लागू गरिएको निषेधाज्ञा असार ७ गते (सोमबार)देखि सकिँदैछ। केही जिल्लामा भने असार १५ गते सम्मलाई पनि निषेधाज्ञा लागू गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संकट व्यवस्थापन निर्देशक समितिको बैठकले असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने ‘निर्णय’ गरेको छ। कोरोना भाइरस संक्रमण रोक्ने, तर अत्यावश्यक वस्तुको उत्पादन र आपूर्ति जारी राख्ने गरी ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय भएको कोभिड १९ संकट व्यवस्थापन निर्देशक समितिका कार्यकारी निर्देशक बालानन्द शर्माले नै जानकारी दिएका छन्। 

तर, अब लागू हुने ‘स्मार्ट लकडाउन’को स्वरुप कस्तो हुने भनेर यकिन भने भइसकेको छैन। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले अहिले जारी रहेको निषेधाज्ञाको प्रकृतिमा केही परिवर्तन गरिने भएपनि ‘स्मार्ट लकडाउन’ यस्तै प्रकृतिको हुन्छ भनेर यकिन हुन नसकेको बताए। 

‘सीसीएमसी (कोभिड १९ संकट व्यवस्थापन निर्देशक समिति)मा स्मार्ट लकडाउनको विकल्पमा जाने भन्ने विषयमा छलफल भएको हो। तर, त्यो स्मार्ट लकडाउन कस्तो हुन भन्ने विषयमा कुनै खाका बनिसकेको छैन,’ गृह मन्त्रालयका प्रवक्ता दाहालले नेपाल लाइभसँग भने, ‘यस विषयमा भोलि (आइतबार)देखि केही छलफल हुन्छ कि?’

गृह मन्त्रालयका अनुसार गृहमन्त्री खगराज अधिकारीले  सबै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुसँग छलफल गर्दैछन्। आन्तरिक मामिला मन्त्रीहरुको समन्वयात्मक बैठक आइतबार बस्न लागेको छ। उक्त बैठकमा पनि निषेधाज्ञाको ‘मोडालिटी’का विषयमा केही सुझाव आउन सक्ने दाहाल बताउँछन्। 

‘यो हप्ता निषेधाज्ञा थप्नुभन्दा अगाडि हामीले सबै जिल्लाबाट रिपोर्टिङ लिएका थियौं। अहिले पनि रिपोर्टिङ लिने क्रम चलिरहेको छ,’ गृह प्रवक्ता दाहाल भन्छन्, ‘जिल्लाहरुबाट निषेधका आदेशहरुमा केही तलमाथि गर्न सकिन्छ भन्ने कुरा आएको छ। मोडालिटीको विषयमा केही राय आएको छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

दाहालका अनुसार नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा नेतृत्वको सीसीएमसीले पनि अहिले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने र रिपोर्ट लिने काम गरिरहेको छ। सबै जिल्लाका सीडीओहरुको रायअनुसार सीसीएमसीले निश्चित खाका बनाएर दिनसक्ने सम्भावना रहेको उनको भनाइ छ।

सीडीओको प्रश्न– ‘लकडाउन’ शब्द किन चाहियो? 
गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमणको अवस्थाअनुसार प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाभर वा जिल्लाको कुनै निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो। 

पहाडी जिल्लाहरुमा २०० र तराईं तथा मुख्य शहर भएका जिल्लामा ५०० जना सक्रिय संक्रमित पुगे निषेधाज्ञा लागू गर्न सक्ने भनेर मन्त्रिपरिषद्बाटै प्रमुख जिल्ला अधिकारीहरुलाई ‘अधिकार प्रत्यायोजन’ गरिएको थियो। तर, फेरि ‘लकडाउन’ वा ‘बन्दाबन्दी’ शब्द राखेर केन्द्रबाटै निर्णय गराएर लागू गराउन खोजिएको केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुझाइ छ। 

नेपाल लाइभको सम्पर्कमा आएका केही जिल्ला प्रमुख जिल्ला अधिकारीहरुले संक्रमणको अवस्था हेरेर निषेधको आदेशलाई कडा वा खुकुलो पार्न सकिने बताए। तर, अब फेरि ‘लकडाउन’को कुरा गर्न नहुने उनीहरुको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘निषेधाज्ञा लागू गर्ने सवालमा पनि जिल्लामा संक्रमणको अवस्था हेरेर, सरोकारवालाहरुसँग छलफल गरेर निर्णय लिइँदै आएको हो,’ हाल निषेधाज्ञा जारी रहेको जिल्लाका एक सीडीओले भने, ‘निषेधका आदेशहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने/गराउने, बढी कार्यान्वयनमुखी बनाउने र संक्रमण नियन्त्रणलाई प्राथमिकतामा राख्ने कुरा उपयुक्त हो। निषेधाज्ञाको ठाउँमा ‘लकडाउन’ शब्द राख्नाले मात्रै केही फरक हुन्छ जस्तो लाग्दैन।’

सबै निर्णय केन्द्रबाटै गर्ने प्रयास
सीसीएमसीका एक अधिकारी सीडीओको निर्णयानुसार हुने ‘निषेधाज्ञा’ले मात्रै ‘नपुग्ने’ भएकाले स्मार्ट लकडाउनको अवधारणा ल्याइएको बताउँछन्। उनका अनुसार कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि एकीकृत योजना बनाएर केन्द्रबाटै लागू गर्नेगरी ‘स्मार्ट लकडाउन’को अवधारणा ल्याइएको हो। 

‘अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान खोल्ने वा रोक्ने, विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, वैदेशिक रोजगारीमा जानेहरुलाई सहजीकरण गर्नेजस्ता केही विषयहरु छन्, जसका लागि केन्द्रकै निर्णय र सहजीकरण आवश्यक पर्छ,’ सीसीएमसीका ती अधिकारी भन्छन्, ‘अब जिल्लाको हकमा पनि सीसीएमसीकै मूल्याङ्कनका आधारमा कुन–कुन क्षेत्रमा प्रतिबन्ध लगाउने र कुन–कुन क्षेत्रलाई खुकुलो बनाउने भनेर निर्देशन दिइन्छ।’

प्रतिबन्ध लगाउने र खुकुलो पार्ने सबै निर्णयहरु एकीकृत मूल्याङ्कनका आधारमा गरिने पनि ती अधिकारीको भनाइ छ। सक्रिय संक्रमितहरु कम भएका र बढी भएका जिल्लाबीचको सीमा तथा आवतजावत व्यवस्थापन पनि केन्द्रकै मूल्याङ्कनका आधारमा हुने उनी बताउँछन्। 

‘जस्तै काठमाडौं उपत्यकामा संक्रमितहरु घटे भने बढीरहेका जिल्लाका मानिसको प्रवेशमा कडाइ गर्ने, मानिसहरुले आवातजावत गर्नुपर्ने औचित्यको मूल्याङ्कन गरेर सकेसम्म आवतजावत गर्नु नपर्ने वातावरण सिर्जना गर्ने गरी स्मार्ट लकडाउनको अवधारणा ल्याइएको हो,’ ती अधिकारी भन्छन्। 

काठमाडौं उपत्यकामा के हुन्छ?
काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, लतिपुर र भक्तपुर)मा जारी निषेधाज्ञा असार ७ गते (सोमबार)देखि सकिँदैछ। यसअघि निषेधाज्ञा सकिनुभन्दा अघिल्लो दिन नै तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निषेधाज्ञालाई निरन्तरता दिने (केही आदेशहरुमा परिमार्जनसहित) निर्णय हुँदै आएको थियो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली सोमबारपछिको निषेधाज्ञाको सन्दर्भमा पनि यसअघिको जस्तै गरी निर्णय गरिने बताउँछन्। सीसीएमसीको बुधबारको बैठकले गरेको निर्णयको विषयमा आफूहरुलाई कुनै जानकारी नआएको र वैशाख १३ गतेको मन्त्रिपरिषदको निर्णयले दिएको अधिकारअनुसार अब पनि निषेधाज्ञाको विषयमा निर्णय हुने उनी बताउँछन्। 

‘आइतबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सरोकारवाला निकाय स्वास्थ्य, सुरक्षा, निजी क्षेत्रसँग छलफल गर्छौं,’ काठमाडौंका प्रजिअ पराजुलीले नेपाल लाइभसँग भने, ‘सम्भव भए आइतबारै नभए सोमबार (असार ७ गते) तीनवटै जिल्लाका सीडीओहरुको बैठक बसेर निर्णय हुन्छ।’

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौला पनि निषेधाज्ञाको सन्भर्दमा यसअघिको प्रक्रियाअनुसार नै निर्णय हुने बताउँछन्। तर, केही क्षेत्रलाई खुकुलो बनाएर जान सकिन्छ कि भन्ने विषयमा भने छलफल चलिरहेको उनले जानकारी दिए। 
 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्