काठमाडाैं- पछिल्लो २४ घण्टा थप ३ हजार ६ सयभन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका हुन्।
याेसँगै संक्रमणमुक्त हुनेकाे संख्या ५ लाख ५३ हजार ३४२ पुगेका छन्।
यस्तै, पछिल्लाे २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।