काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ४०१ जना कोरोना संक्रमित थपिएका छन्।
उक्त अवधिमा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये एक हजार ६८८ जना पीसीआर परीक्षणबाट र ७१३ जना एन्टिजेन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन्। उक्त अवधिमा सात हजार १० जनाको पीसीआर र चार हजार ६८६ जनाको एन्टिजेन गरी कूल ११ हजार ६९६ जनाको कोरोना परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या छ लाख ४५ हजार २०९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।