काठमाडाैं- गण्डकी प्रदेशमा गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो।
कास्कीमा ४, म्याग्दी ३, बाग्लुङ १, तनहुँ १, गोरखामा १ र नवलपुरमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको उनले जानकारी दिए। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।
त्यसैगरी साेही अवधिमा १ हजार १२४ जनाको नमुना परीक्षण गराउँदा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित मध्ये ९८ पुरुष र ८६ जना महिला रहेका छन्। निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ८१ सहित म्याग्दीका १ जना, पर्वतका २६ जना, लमजुङका १ जना तनहुँका २८ जना, बाग्लुङका १८ जना स्याङ्जाका २ जना र नवलपुरका १७ जना जनामा कोरोना संक्रमण देखिएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ हजार ९५२ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ५१३ जना जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।