काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित घटेकाे छन्। स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ५०८ जनामा संक्रमण पुष्टि भएकाे छ।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ३९४ रहेका छन्। यस्तै, भक्तपुरमा ५४ र ललितपुरमा ६० संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हिजाे काठमाडाैं उपत्यकामा ५७० काेराेना संक्रमित भेटिएका थिए। जसमध्ये काठमाडौंका ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ संक्रमित थपिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।