• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

यसरी बढ्दैछ पोष्ट कोभिड समस्या

कमला गुरुङ शुक्रबार, असार ४, २०७८  १३:०७
1140x725

काठमाडौं- नेपालगञ्जकी ४० वर्षीया उषा छिनाल वैशाखको दोस्रो साता कोरोना संक्रमित भइन्। सुरुको एक साता होम आइसोलेसनमै बसेकी उनी स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आइसोलेसन सेन्टरमा भर्ना हुनुपर्‍यो। त्यहाँ उनलाई अक्सिजनमा राखेर उपचार सुरु भयो। 

लगातारको उपचारपछि उनी पाँचौ दिनमा डिस्चार्ज भइन्। तर उनको स्वास्थ्य अवस्था पहिले जस्तो छैन। उनलाई सिँढी चढ्दा पनि थकाइ लाग्छ। स्वाँ–स्वाँ हुन्छ। उनी भन्छिन्, ‘म पूर्ण रुपमा कोरोना निको त भएँ। तर मलाई भर्‍याङ चढ्न पनि गाह्रो लाग्छ। स्वाँ–स्वाँ हुन्छ। अनि थकाई बढी लाग्छ।’

उनी मात्र नभई काठमाडौंका एक ३० वर्षीय युवक कोरोना संक्रमित भई निको भएको करिब डेढ महिना भयो। तर उनलाई अहिले पनि श्वासप्रश्वासमा समस्या छ। उनी आफैँ अस्वस्थ महसुस गर्छन्। 

उनलाई श्वास फेर्न गाह्रो हुन्छ। छाती दुख्छ। सानो काम गर्दा पनि शरीर गल्ने, थकाई लाग्ने, रिस उठ्ने भइरहन्छ। ‘मलाई अहिले पनि छाति दुखेजस्तो हुन्छ। एकदमै कमजोर महसुस गर्छु,’ उनले भने, ‘अहिले पनि लगातार बाइक पनि चलाउन सक्दिन। थाकी हाल्छु।’

उनी पहिले जसरी कुनै पनि काम लगातार गर्न सक्दैनन्। शरीरमा शक्ति नभएजस्तो, कमजोर महसुस उनलाई अहिले पनि हुन्छ। कोरोना संक्रमित भएको पहिलो साता उनी होम आइसोलेसनमै बसेका थिए। तर आठौं दिनदेखि श्वासप्रश्वासमा समस्या भएपनि उनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए।  

पहिलो लहरभन्दा दोस्रो लहरमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि भयो। मृत्युदर पनि झण्डै पाँच गुणाले बढ्यो। हाल कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ। तर कोरोना निको भइसकेका व्यक्तिहरुमा पोष्ट कोभिड कम्प्लिकेसन्सको समस्या बढ्दो छ। 

के हो पोस्ट कोभिड कम्प्लिकेसन्स?
कोरोना संक्रमित भई निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्थालाई पोस्ट कोभिड कम्प्लिकेसन्स भनिन्छ। नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्याहरु देखिने गरेका छन्। 

पोस्ट कोभिडको समस्या दोस्रो लहरमा मात्र नभई पहिलो लहरमा पनि देखिएको थियो। तर हाल यो समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन हाल निको भइसकेका व्यक्तिहरुमा पोस्ट कोभिडको समस्या बढ्दै गएको बताउँछन्। डा पुन विभिन्न अध्ययनहरुलाई नियाल्दा यो समस्यालाई ‘पोस्ट कोभिड १९ सिन्ड्रोम’ भन्छन्। 

उनले भने, ‘कोरोना निको भइसकेको व्यक्तिमा ३/४ हप्ता बढी समस्या देखिए पोस्ट कोभिड १९ सिन्ड्रोम हो भन्ने गरेको छु। समय अवधिका विषयमा अहिले वैज्ञानिकहरु बीच एकरुपता छैन।’बिहीबार बिहान करिब एक घण्टाको समयमा मात्र उनले ओपिडीमा आएका ६ जना व्यक्तिमा पोस्ट कोभिडको समस्या भेटाए। 

डा पुनका अनुसार धेरैजसोमा अत्यधिक थकाइ लाग्ने, कमजोर महसुस हुने, सिढी चढ्न नसक्ने, छाति दुख्ने, स्वाँ–स्वाँ हुने, श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, जोर्नी दुख्ने, मुटुको धड्कन बढ्ने, राति सुत्न नसक्ने, कानमा विभिन्न आवाज सुनिने, छिनछिनमा बिर्सने बानी हुने, टाउको दुख्ने समस्या देखिएको छ। केही व्यक्तिमा मुटु कमजोर हुने समस्या समेत देखिएको उनले सुनाए। 

उनीहरु निकै आत्तिएर अस्पताल धाउने समेत गरेको डा पुन सुनाउँछन्। उनले भने, ‘बिरामीहरु निकै आत्तिएर आइरहेका हुन्छन्। उनीहरुलाई परामर्शको निकै खाँचो देखिन्छ। सोही अनुसार परामर्श र आवश्यक उपचार प्रक्रिया अगाडि बढाइन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पोस्ट कोभिडमा देखिने समस्याका बारेमा अनुसन्धानको खाँचो रहेको उनी बताउँछन्। पोस्ट कोभिड किन र कहिलेसम्म हुन्छ भन्ने बारेमा अध्ययन हुन बाँकी रहेको उनले बताए। 

त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक एवं छातिरोग विशेषज्ञ डा सन्त कुमार दास कोरोना भाइरसले फोक्सोको कोषिकाहरुमा क्षति गर्ने भएकाले पोष्ट कोभिडको समस्या देखिने गरेको बताउँछन्। अक्सिजन धेरै चाहिएको, ढिला अस्पताल पुगेका, भेन्टिलेटरको आवश्यकता परेका व्यक्तिहरुमा फोक्सोको कोषिकाहरु बढी खराब हुने गरेको उनले बताए। त्यही खराब भएका कोषिकाहरु निको हुन समय लाग्ने भएकाले पोष्ट कोभिडको समस्या देखिएको उनी बताउँछन्।

पोष्ट कोभिडपछि लामो समयसम्म अक्सिजन लिनुपर्ने, श्वासप्रश्वासमा समस्या, हिँडडुल गर्न गाह्रो हुने, लामो समयसम्म पनि खोकी रहने जस्ता समस्या देखिएको उनले बताए। 

पोस्ट कोभिडको समस्या कहिलेसम्म रहन्छ भन्न नसकिने चिकित्सकहरु बताउँछन्। यस विषयमा हाल पनि अध्ययन भइरहेको डा पुनले बताए। यद्यपि चिकित्सकहरुले आफ्नो अनुभवका आधारमा भन्ने गरेका छन्। 

छाती दुख्ने तथा भारी हुने, खोकी लाग्ने, मुटु ढुकढुक गर्ने जस्ता समस्याहरु धेरैमा तीन महिनासम्म हुने डा दासको अनुभव छ। तर श्वासप्रश्वास फेर्न गाह्रो हुने समस्या भने ५/६ महिनासम्म लम्बिएको उनले पाएका छन्। डा पुन पनि कुनै व्यक्तिमा ६ महिनासम्म पनि समस्या देखिएको बताउँछन्। 

कोरोनाले फोक्सो बिगारिसकेको हुने भएकाले पोष्ट कोभिडपछि अरु निमोनिया, अन्य भाइरसले संक्रमण गर्ने जोखिम धेरै हुने उनले बताए। कोरोना संक्रमित भइसकेपछि मासंपेशीहरु कमजोर हुने भएकाले पोषणयुक्त खानपानमा ध्यान दिन पनि उनीहरुको आग्रह छ। 

पोष्ट कोभिडपछि हुने हृदयघातको लक्षण देखिए, छाती धेरै नै दुखाइ भए, खुट्टाहरु सुन्निए, अचाक्ली रुपमा टाउको दुखे तत्काल चिकित्सकको परामर्शमा जानुपर्ने उनीहरुको सुझाव छ।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १३:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्