काठमाडौं- नेपालमा फेरि कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या घटेको छ। केही समयदेखि नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको थियो।
तर, पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या कम छ। सो अवधिमा २ हजार ६०७ जना संक्रमित थपिएका छन् भने २ हजार १४१ जना निको भएका छन्। साेही अवधिमा ३९ जना संक्रमितको मृत्यु भएको छ।
यससँगै नेपालमा अहिलेसम्म पीसीआर परीक्षणबाट ६ लाख १५ हजार ९८४ जनामा कोरोना पुष्टि भएको छ भने एन्टीजेन परीक्षणबाट २४ हजार ५६ जनामा संक्रमण पुष्टि भएको छ।
यसमध्ये ५ लाख ४५ हजार ६६२ जना निको भएका छन्। ८ हजार ५९७ जनाको मृत्यु भएको छ। नेपालमा निको हुने दर ८८ दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।