काठमाडौं- पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार २२ जनामा परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार ६८७ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो। यस्तै, ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो।
आरटी पीसीआरबाट २ हजार १४ र एन्टीजेन परीक्षणबाट ८१४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा ३ हजार ८२ जना संक्रमित कोरोनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।