काठमाडौं– नेपालमा थप २ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो ४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गत ४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरी ७ हजार ४९९ जना आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट १ हजार ६८१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ४१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।