काठमाडाैं- प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य अगाडि सारेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ लिम्बूले मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त लक्ष्य घोषणा गरेका हुन्। कोरोना भाइरसविरुद्धको खोप वितरणसँगै आर्थिक गतिविधि चलायमान हुँदा उक्त आर्थिक वृद्धिको लक्ष्य हासिल हुने उनले दाबी गरे।
यसअघि चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धि ३.६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको उनले बताएका थिए। गत वर्ष प्रदेशको आर्थिक वृद्धि १.१८ प्रतिशतले ऋणात्मक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।