काठमाडौं- वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा कनकबहादुर रावतको कोभिड संक्रमणका कारण मृत्यु भएको छ। रावतको आज बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले जानकारी दिए।
उनको सिभियर कोभिड निमोनियाका कारण मृत्यु भएको महासचिव रिजालले बताए। उनी शिक्षण अस्पतालका अब्बल फिजिसियन मानिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।