काठमाडाैं- सिन्धुपाल्चोकमा पुनः एकसाता निषेधाज्ञा थपिएकाे छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले यही जेठ मसान्तसम्म लगाएको निषेधाज्ञालाई पुनः सात दिन थप गर्ने निर्णय गरेकाे हाे।
कोरोना संक्रमितकाे संख्यामा कमी नआएपछि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले जानकारी दिए।
कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि गत वैशाख २३ गतेदेखि निषेधाज्ञा लगाइदै आएको छ। अब याे निषेधाज्ञा आगामी असार ७ गते राति १२ बजेसम्म कायम रहने छ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा स्वास्थ्य मापदण्ड अपनाउनसमेत प्रशासनले सर्वसाधरणलाई आग्रह गरेको छ।
जिल्लामा आजसम्म कूल संक्रमितकाे संख्या तीन हजार पाँचसय ९० रहेकाे छ। यस्तै, सक्रिय संक्रमित एक हजार पाँच सय ६०रहेकाे छ।
निको हुनेको संख्या दुई हजार ४६ र मृतकको संख्या २८ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।