काठमाडाैं- गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा थप ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १७३ जनाको नमुना परीक्षण गरिएकामा ३४७ जनामा संक्रमण देखिएको हो।
संक्रमितमध्ये १७६ महिला र १६७ जना पुरुष रहेका छन्। निर्देशनालयका अनुसार कास्कीमा ८५, बागलुङ १२०, गोरखामा ३०, नवलपरासी ५१, स्याङजा १, तनहुँ ५, लमजुङ ३५, पर्वत ३८ र म्याग्दीमा ५ जनामा कोरोना संक्रमण देखिएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार ६४७ पुगेको छ।
यस्तै, साेही अवधिमा थप १२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको हो।
कास्कीमा १, तनहुँमा १, पर्वत २, मुस्ताङमा २, म्याग्दी १,लमजुङ २ र नवलपरासी पूर्व ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८५० पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४४ हजार ४६१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।