काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९१८ कोरोना संक्रमित थपिएका छन्।
उक्त अवधिमा कूल १४ हजार ८१९ जनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार नाै हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४९ जनाको रिपोर्ट पोजिटिभ आएको थियो। यस्तै पाँच हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ८६९ जनामा संक्रमण पुष्टि भएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या छ लाख १० हजार ५२१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।