काठमाडाैं- नेपाली सेनाले सोलुखुम्बुको खुम्बु पासाङ्गल्हामु गाउँपालिकाकी कोरोना संक्रमित भई जटिल बिरामी एक महिलालाई उपचारका लागि अस्पतालसम्म ल्याउन सहयोग गरेको छ।
खुम्बु पासाङ्गल्हामु-३ मञ्जो निवासी निर्मला शेर्पा कोभिड संक्रमणबाट स्वास्थ्य जटिल बिरामी परेकी थिइन्। उनलाई थप उपचारका लागि लुक्ला अस्पतालसम्म लैजान सेनाले सहयोग गरेको हो।
सेनाको रणशुर गुल्मको सुरक्षा पोस्ट मञ्जोबाट खटिएको टोलीले निज महिलालाई ६ घण्टा स्ट्रेचरमा बोकेर लुक्ला अस्पतालसम्म पुर्याउन सहयोग गरेको सैनिक मुख्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।