• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौंमा खुकुलो निषेधाज्ञा– यी हुन् गर्न पाइने र नपाइने कार्यहरु (सूचीसहित)

64x64
नेपाल लाइभ आइतबार, जेठ ३०, २०७८  १९:१०
1140x725

काठमाडौं– कोरोना भाइरस संक्रमणको 'चेन ब्रेक'का लागि भनेर काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा फेरि १ हप्ताको लागि थपिएको छ। 

उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले असार ७ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। 

असार १ गतेदेखि लागू भइ ७ गतेसम्म जारी रहने निषेधाज्ञाको अवधिमा यसअघि लागू गरिएका केही प्रतिबन्धहरु भने खुकुलो बनाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि खाद्यान्न, तरकारी तथा फलफुलका पसलहरु बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिइएकोमा असार १ गतेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने छ। 

अब पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने छ। यस्तै, निर्माणजन्य सामग्री (छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर)का पसल दिउँसो ४ बजेपछि सञ्चालन गर्न पाइने छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यिस्तै अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। सवारी साधनको मर्मतका लागि वर्कशपहरु बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था समेत गरिएको छ। 

यी हुन् निषेधाज्ञाको बीचमा सञ्चालन गर्न नपाइने र गर्न पाइने कार्यहरु–

संचालन गर्न नपाइने कार्यहरुः
१) सभा सम्मेलन, व्यवसाय तथा नित्य पूजाको हकमा:
  • सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने।
  • खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न गराउन नपाइने।
  • फुटपाथ तथा खुल्ला ठाउँमा संचालन हुने विभिन्न व्यापार व्यवसाय संचालन एवं कवाडी संकलन गर्न रोक लगाउने।
  • तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल/बाटोमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न रोक लगाउने।
  • विवाह, व्रतबन्ध तथा सामुहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने।
  • पुजारीबाट हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक तथा साँस्कृतिक गतिविधिहरु संचालन गर्न नपाइने।
२) शैक्षिक संस्था तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुको हकमा:
  • शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु संचालन गर्न गराउन नपाउने।
  • अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र सहकारी तथा रेमिटहरु निर्धारित समय बाहेक अन्य समयमा संचालन गर्न नपाउने।
३) सर्वसाधारणको आवतजावत तथा व्यवसाय संचालनको हकमा:
  • औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति घर वाहिर ननिस्किने।
  • औषधी, तरकारी, फलफूल, खाच्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना सल, डिपार्टमेन्टल (ग्रोसरी), पुस्तक पसल, कृषि मल, वीउ, कृषि औजार र निर्माण सामग्रीका पसल बाहेकका अन्य पसलहरु संचालन गर्न नपाउने।
४) सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा:
  • सार्वजनिक एवं निजी सवारी साधन मिति २०७८/०३/०१ गते बिहान १:०० बजेदेखि २०७८/०३/०७ गते राति १२:०० बजेसम्म काठमाडौं जिल्लाभर संचालनमा रोक लगाउने।
  • अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरूवा (२ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाउने।
संचालन गर्न सकिने कार्यहरु:
१) सर्वसाधारणको आवतजावतको हकमा:
  • औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा मात्र घरबाट बाहिर निस्कन सक्ने।
  • दुई व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने।
  • अनिवार्य रुपले मास्कको प्रयोग गर्ने। पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने।
२) शैक्षिक संस्था, कृषि, उच्योग तथा निर्माण कार्यको हकमा:
  • शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबाट पठन पाठन कार्यहरु सञ्चालन गर्न सक्ने।
  • वैदेशिक अध्ययन तथा EDV का कारण विदेशमा जानु पर्ने व्यक्तिहरुका लागि कूटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रकृयाका कार्यहरु संचालन गर्ने।
  • नेपाल सरकारबाट जारी स्वास्थ्य मापदण्डको परिपालना गरी कूटनीतिक नियोगले आवश्यक परीक्षा तथा अन्तर्वार्ता लिने।
  • ट्रान्सपोर्ट कम्पनीहरुले औषधी तथा स्वास्थ्य उपकरण, अक्सिजन सिलिण्डर, कृषि मल, बीउ तथा खाद्यान्न सामग्री ढुवानी गर्दाको समयमा मात्र स्वास्थ्य मापदण्ड पालना गरी कार्यालय संचालन गर्ने।
  • नेपाल सरकारबाट जारी स्वास्थ्य मापदण्डको परिपालना गरी कृषि कार्य गर्न सक्ने र सो कार्यका लागि मल, बीउ बिजन, कृषि औजारका सामग्रीहरुको सहज ढुवानी गर्न सक्ने।
  • अत्यावश्यक उद्योग संचालन तथा निर्माण कार्यका लागि स्वास्थ्य मापदण्डको पालना गर्ने गरी कार्यस्थलमा नै आवासीय रुपमा श्रमिक कामदारहरुको व्यवस्था गरी संचालने गर्ने।
३) औषधी तथा स्वास्थ्य सामग्री, अत्यावश्यक खाद्य सामग्री तथा अन्यको हकमा:
  • औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्न पाइने।
  • तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ११:०० बजेसम्म मात्र खुला गर्ने। तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण नगर्ने। स्थानीय ढुवानीका हकमा राति ०९:०० बजे देखि बिहान ११:०० बजे सम्म मात्र गर्ने।
  • पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा बिहान ११:०० बजे सम्म संचालन गर्ने।
  • विकास निर्माणजन्य सामग्रीका पसलहरु (छड, सिमेन्ट, बिजुलीका सामान, ४:०० बजे पछि संचालन गर्न सक्ने। ठूलो परिमाणको ढुवानी राति मात्र गर्ने।
  • पसल तथा व्यवसाय संचालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने। यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिने।
  • अत्यावश्यक वस्तुहरुको अनलाईन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र मात्र साँझ ७:०० बजेसम्म संचालन गर्न सकिने।
  • सवारी साधन मर्मतका लागि वर्कशपहरु बेलुका ०९:00 बजे सम्म संचालन गर्ने।
४) विवाह तथा व्रतबन्धको हकमा:
  • विवाह तथा व्रतबन्धको हकमा बढीमा ७ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने।
  • विवाह वा व्रतबन्धको हकमा १ वटा सवारी साधन (बेहुला बेहुली समेत) प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्न पाउने।
५) सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा:
  • अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध (औषधी, अक्सिजन सिलिण्डर), दूरसंचार, इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानी तथा यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी संचालन गर्न पाउने।
  • तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने
  • मास्क/साबुन/स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, वीउ लगायतका सामग्री ढुवानी गर्दा यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ०९:०० बजे देखि बिहान ११:०० बजे सम्म न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्न पाउने।
  • निर्माण सामग्री ढुवानीका लागि सवारी साधन राति ०९:०० बजे देखि बिहान ०५:०० बजे सम्म संचालन गर्न पाउने।
  • भन्सार विन्दुबाट Exit Note जारी भएका मालवाहक सवारी साधन तथा सम्बन्धित भन्सार प्रमुखले मालसामान छुटाउन भनी रुट खुलाइ अनुमति स्वीकृति प्रदान गरेका त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीलाई अनुमतिमा उल्लेख गरेको दिन र स्थानसम्म आवतजावत गर्न दिने। 
  • जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, माननीय न्यायाधीश, मन्त्रालयका सचिव, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवको हकमा परिचय पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने।
  • सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु, बीमा कम्पनी, रेमिट, सहकारी संस्था, इन्टरनेट सेवा प्रदायक संस्था र दूरसंचार सेवा प्रदायक संस्थाका सवारी साधनको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले जारी गरेको पास तथा पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने।
  • अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्ने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जानका लागि सवारी साधनको सहजीकरण गर्ने।
  • पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने। सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका संचारकर्मी/कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको किटानी सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा मात्र आवत जावत गर्न सकिने।
  • निलो प्लेटका सवारी साधनको हकमा परिचयपत्र बाहक पदाधिकारी तथा कर्मचारीलाई सवारी पास आवश्यक नपर्ने।
  • प्रिन्टिङ प्रेसमा काम गर्ने, सुरक्षा सम्बद्ध कर्मचारी तथा औषधी आपूर्ति गर्ने परिचय बाहक व्यक्तिको हकमा सम्बद्ध निकाय तथा आपूर्तिकर्ताको अनुमति पत्र भए सवारी पास नचाहिने। सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर ड्युटी आवत जावत गर्न पाउने।
६) बैंक तथा वित्तीय संस्था र अन्यको हकमा:
  • नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार सीमित संख्यामा शाखा र कर्मचारीको व्यवस्थापन गरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बैंकिङ कारोबार गर्ने।
  • बीमा समिति तथा बीमा कम्पनी र घितो पत्र बोर्डले आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी कार्य संचालन गर्ने।
  • हप्तामा २ दिन खुल्ने गरी सहकारी संस्था तथा रेमिटहरु (आइतबार र बिहीबार) संचालन गर्ने।
  • उल्लेखित कार्यहरुको व्यवस्था मिलाई सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने। यसको अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने।
जिल्ला प्रशासन कार्यालयबाट हुने सहजीकरण: (अत्यावश्यक कार्यको लागि सवारी आवगमनमा)
  • मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचय खुल्ने कागजातको प्रतिलिपि सहित निवेदन पेश गर्ने।
  • बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्लाभित्रका बिरामी तथा कुरुवाको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा २ जनाले आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त बिरामी भइ काठमाडौं बाहिर जानुपर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड/भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपि सहित निवेदन पेश गर्ने।
उल्लिखित आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ। यसको अवज्ञा गर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७६ अनुसार कारबाही गरिनेछ– जिल्ला प्रशासन कार्यालयहरु: काठमाडौं, ललितपुर, भक्तपुर।

 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्