कैलाली- कैलालीमा एक हप्ताका लागि सबै पसल खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार बिहान ११ बजेसम्म सम्पूर्ण पसल खोल्न सकिने छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले असार १ गतेदेखि सात दिनसम्म सबै पसल खोल्न दिने निर्णय भएको बताए। उनले खरिद बिक्रीका लागि जाने क्रममा सवारी साधन प्रयोग गर्न भने नपाइने बताए।
यस्तै, विवाहको लागि यसअघिसम्म सात जना सहभागी हुन पाइने थियो भने अब १० जना र दुई वटा सवारी साधन प्रयोग गर्न मिल्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
कोरोना नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञालाई पनि एक साता लम्बाउने तयारी प्रशासनको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।