काठमाडौं– नेपालमा थप २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ६९४ जना र एन्टिजेन परीक्षणबाट ७१३ जना संक्रमित थपिएका हुन्।
यस्तै, गत २४ घण्टाको अवधिमा ३ हजार ९९४ जना संक्रमण मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ। २४ घण्टाको अवधिमा ४६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।