काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ।
यस्तै, सोही अवधिमा नेपालमा २ हजार ४०७ जना संक्रमित थपिएका छन्।
पीसीआर परीक्षणबाट एक हजार ६९४ र एन्टीजेन परीक्षणबाट ७१३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।