फाइल तस्बिर काठमाडाैं- उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिए पनि केही क्षेत्रमा खुकुलो गर्ने भएको छ।
असार १ गतेबाट विकास निर्माणमा प्रयोग हुने हार्डवेयर र बिजुली पसल अपरान्ह ४ बजेदेखि खोल्न दिने निर्णय भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।
आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो। बैठकले उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको छ।
कोरोना संक्रमणको ‘चेन ब्रेक’का लागि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो। निषेधाज्ञा लागू भएको डेढ महिना पछि पनि कोरोना संक्रमणको जोखिम कम नभइसकेकाले निषेधाज्ञालाई निरन्तरता दिन लागिएको भक्तपुरका सहायक प्रजिअ केशरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।