काठमाडौं– कोरोना संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ता थप गरिएकाे छ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो।
निषेधाज्ञा लागू भएको डेढ महिना पछि पनि कोरोना संक्रमणको जोखिम कम नभइसकेकाले यसलाई निरन्तरता दिने तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निर्णय गरेकाे भक्तपुरका सहायक प्रजिअ मुकेशकुमार केशरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।