काठमाडौं– विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालले पाउने कोरोना विरुद्धको खोप अर्को सातासम्म उपलब्ध हुन सक्ने जनाइएको छ।
कोभ्याक्सले नेपालको खोप वार्ता समितिलाई अक्सफोर्ड तथा एस्ट्राजेनेकाद्वारा विकसित खोपका केही डोज उपलब्ध गराउने जानकारी दिएको हो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखामा प्रमुख डा. तारानाथ पौडेलका अनुसार यही जुनभित्र कोभ्याक्सको खोप नेपाललाई प्राप्त हुने सम्भावना छ।
खोप नेपाल आउने बित्तिकै कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई प्राथमिकतामा राखेर खोप दिने उनले बताए। कोभिसिल्ड खोपसँग एस्ट्राजेनेकाका तथा अस्फोर्डले उत्पादन गरेको कोभ्याक्स खोपको फर्मुला मिल्ने भएकालेपहिलो मात्रा कोभिसिल्ड लगाएकालाई सो खोप दिन सकिने पौडेलको भनाइ छ।
सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई उपलब्ध गराउने १० लाख डोज उपलब्ध नगराएपछि खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन सकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।