काठमाडौं- उपत्यकामा पछिल्लो समय सक्रिय संक्रमितकाे संख्या घट्न थालेकाे छ। उपत्यकामा थपिने संक्रमितको संख्या घट्दै गएसँगै सक्रिय संख्या पनि घट्दै गएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौं उपत्यकामा १६ हजार ९९१ जना सक्रिय संक्रमित रहेका छन्।
जसमध्ये काठमाडौं जिल्लामा १० हजार ५१, ललितपुरमा ३ हजार ९९४ र भक्तपुरमा २ हजार ९४६ जना सक्रिय संक्रमित छन्।
काठमाडौं जिल्लामा हालसम्म कोरोनाबाट १ हजार ७५० जनाले ज्यान गुमाएका छन् भने ललितपुरमा ५०५ र भक्तपुरमा ३४९ जनाको मृत्यु भएको छ।
शुक्रबार काठमाडौं उपत्यकामा थप १ हजार १४० जनामा कोरोना संक्रमण देखिएको छ।
काठमाडौं जिल्लामा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जना नयाँ संक्रमित थपिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।