काठमाडौं– काठमाडौं महानगरपालिकाले कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान स्थगित गरेको छ। खोप अभाव भएको भन्दै महानगरले शुक्रबारदेखि नै रोप लगाउने कार्य स्थगित गरेको हो।
कामपाले जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप लगाउने अभियान सञ्चालन गरेको थियो।
खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले बताए। ‘स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट शुक्रबारदेखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको हो,’ प्रमुख कुँवरले भने।
तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको उनले बताए। जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्रा खोप उपलब्ध गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।