काठमाडाैं- नेपालमा पछिल्लाे २४ घण्टामा थप ५ हजारभन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन्।
विभिन्न प्रयाेगशालाहरुमा गरिएकाे परीक्षणमा ५ हजार २९३ संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
याेसँगै संक्रमणमुक्त हुनेकाे संख्या ५ लाख १५ हजार ५९१ पुगेकाे छ। मन्त्रालयका अनुसार निकाे हुने दर ८५ दशमलव ७ प्रतिशत रहेकाे छ।
यही अवधिमा पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।