काठमाडौं– श्रीलंकाले सन् २०२२ सम्ममा आफ्ना सबै नागरिकलाई कोरोनाविद्धको खोप लगाइसक्ने बताएको छ। श्रीलंकाले सोही बमोजिम काम गरिरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
यहाँका सैनिक कमाण्डर सवेन्दै सिल्भाले बुधबार एक कार्यक्रममा बोल्दै यहाँको सरकारले यस अनुसारको कामको तयारी गरिरहेको जानकारी दिएको समाचारहरुमा उल्लेख छ। श्रीलंकामा खोप लगाउने राष्ट्रिय कार्यक्रमको घोषणा गरिएको बताउँदे उनले देशव्यापी रुपमा नै खोप लगाउन थालिएको कार्यक्रममा बताएका थिए।
यो सरकारको कार्यक्रम रहेको जनाउँदै यसलाई सघाउनु सबै नागरिकको कर्तव्य पनि भएको बताए। वास्तवमा कोभिडको महामारी भनेको सरकारको मात्र या कुनै स्वास्थ्य सम्बन्धी मुद्दा नभएर देशकै समस्या भएकोले सबैले एक भएर यसका विरुद्ध काम गर्नुपर्ने पनि उनको भनाइ थियो।
श्रीलंका सरकारले आफ्ना नागरिकलाई आवश्यक पर्ने खोपको खोजी गरिरहको र आवश्यकताका आधारमा प्राप्त गर्ने आश्वासन पनि पाएको उनले बताए। श्रीलंकाले अहिले कोरोनाको तेस्रो वेभको सामना गरिरहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।