काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ।
यस्तै, सोही अवधिमा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ लाख ९९ हजार ७०८ पुगेको छ।
गत २४ घण्टामा ८१ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १७९ पुगेको छ।
देशका ४६ सय भन्दा बढी जिल्ला ५०० बढी सक्रिय संक्रमित छन्। देशभर ८० हजार ३३६ सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।