काठमाडौं– नेपालमा थप ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको अवधिमा १२ हजार ७४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणका क्रममा ३ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।