काठमाडौं– चीनको सिनोभ्याक खोपले ३ देखि १७ वर्षसम्म उमेरकालाई आपतकालीन प्रयोगको अनुमति पाएको छ।
बालबालिकालाई पनि खोप लगाउन अनुमति मिले पनि कुन उमेरबाट लगाउन सुरु गर्ने भन्ने बारे निर्णय नभइसकेको सिनोभ्याकका अध्यक्ष यिन वेदोङले बताएका छन्।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्ससँग कुरा गर्दै यिन वेदोङलले दुई चरणको परीक्षणका क्रममा यो उमेर समूहमा पनि वयस्कमा जत्तिकै खोप प्रभावकारी देखिएको दावी गरे।
चीनले उत्पादन गरेको दोस्रो कोरोना खोप सिनोभ्याकलाई जुन १ मा मात्रै विश्व स्वास्थ्य संगठनले प्रयोगको अनुमति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।