काठमाडाैं- सरकारले कुनै कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्न चाहेमा अस्पतालले तोकिएको दररेटमा अधिकतम ५० प्रतिशत थप गरि शुल्क लिनसक्ने बताएकाे छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको उपचार खर्च सामान्यको लागि ३५ सय,मध्यमको लागि ७ हजार र गम्भीरको लागि १५ हजार प्रति दिनको हिसावले सरकारले बेहोर्ने जनाएकाे छ।
यद्यपि, आफ्नै खर्चमा उपचार गर्न चाहे उपचारमा तोकिएको दररेटभन्दा अधिकतम ५० प्रतिशत थप शुल्क बढी लिने पाइने छ।
सबै सरकारी अस्पतालहरुमा तथा मन्त्रालयले सार्वजनिक गरेका सुची अनुसार सेवा सम्झौता गरेका निजि अस्पतालहरुमा निः शुल्क सेवा प्रदान हुने मन्त्रालयले जनाएको छ।
उपचारको क्रममा सरकारले तोकेको शुल्कभन्दा बढी लिएको पाइएमा स्थानीय निकाय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायहरु, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रमाणसहित उजुरी दिन अनुरोध गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।