बाँके- बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारत दुईजना संक्रमितको मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
मृत्यु हुनेहरुमा स्वर्गद्वारी–९ प्युठानका ६० वर्षीय पुरुष, बंगलाचुली गाउँपालिका–३ दाङका ५२ वर्षीय पुरुष, शारदा नगरपालिका–१३ सल्यानका ५५ वर्षीय पुरुष, मुसिकोट नगरपालिका–७ रुकुम पश्चिमका ६३ वर्षीय पुरुष रहेको वलीले जानकारी दिए।
यससँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण जिल्लाबाहिरबाट उपचारका लागि आएका र जिल्लाका गरी ६९१ जनाको मृत्यु भएको छ जसमा ३१७ जना अन्य जिल्ला र जिल्लाकै ३०२ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।