काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने भएको छ। नगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाईखोप लगाउने समय र स्थान तोकेको छ।
मंगलबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गोकर्णको सहयोगी मावि र नारायणटारस्थित चामुण्डा माविमा रहेको खोप केन्द्रबाट खोप दिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए।
खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लैजानु पर्ने उनले बताए।
चीनले कोरोनाविरुद्धको भेरोसेलको १० लाख डोज अनुदानमा उपलब्ध गराएपछि ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई यो खोप दिन लागिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।