काठमाडौं– नेपालमा थप ३ हजार ४७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १० हजार ४७१ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणका क्रममा ३ हजार २४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा ३ जहरा २६२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेटन परीक्षणका क्रममा ४५५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।