काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमतिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै अहिलेसम्म नेपालमा ७ हजार ८९८ जनाको मृत्यु भएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जना संक्रमित थपिएका छन्। १० हजार ४७१ परीक्षण पीसीआर परीक्षण गरिएकोमा ३ हजार २४ जनामा संक्रमण देखिएको छ।
यस्तै, ३ हजार २६२ एन्टीजेन परीक्षण गरिएकोमा ४५५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।