फाइल तस्बिर
काठमाडाैं- नेपालमा एकै दिन छ हजार ६३६ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आइसोलेसन सेन्टरमा रहेका उनीहरु गत २४ घण्टाभित्र कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ९१ हजार नाै पुगेको छ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुने दर ८३.५ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।