काठमाडौं- डेनमार्क सरकारले नेपाललाई कोभिड विरुद्धको १४ लाख खोप अनुदानमा दिने भएको छ। डेनमार्कले नेपाललाई युनिसेफमार्फत एस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप दिने पत्र पठाइसकेको छ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीका अनुसार डेनमार्क सरकारको पत्र पाएलगत्तै विभागका महानिर्देशकले युनिसेफमा पत्र पठाइसकेका छन्।
'डेनिस सरकारले युनिसेफमार्फत् खोप सहयोग गर्ने पत्र प्राप्त भइसकेको छ। उक्त पत्रपछि यताबाट युनिसेफमा पत्र फर्वार्ड भइसकेको छ', उनले भने, 'अब युनिसेफले नै आवश्यक प्रक्रिया अगाडि बढाउने छ।'
डेनमार्क सरकारले एस्ट्राजेनिकाको १४ लाख डोज खोप दिने कुरा पत्रमा लेखिएको डा टिंकरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।