काठमाडाैं- पर्साको वीरगञ्ज महानगरपालिकाले आगामी असार १ गतेबाट विद्यलय खोल्ने निर्णय गरेको छ।
महानगरले नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै बन्द रहेका विद्यालयहरु असार १ बाट क्रमश: सञ्चालन गर्दै लैजाने निर्णय गरेको हो।
महानगरको शिक्षा समितिको जेठ २० गतेको निर्णयअनुसार नगरभित्रका विद्यालयहरुलाई असार १ गतेबाट विद्यालय सञ्चालनको तयारी गर्न शुक्रबार परिपत्र गरिएको छ।
महानगरले पहिलो चरणमा कक्षा ८ देखि १२ सम्मका कक्षा सञ्चालन गर्ने गरी विद्यालय खोल्न आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।