काठमाडाैं- अस्ट्रेलियाले नेपाली सेनालाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। अस्ट्रेलियाले सहयोगस्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री शनिबार काठमाडाैंमा आइपुगेको छ।
अस्ट्रेलियाका नेपालस्थित राजदूत फेलिसिटी जेन भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका छन्।
हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी शर्माले मित्रराष्ट्र अस्ट्रेलियाले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए। कोभिड-१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अस्ट्रेलियन एयर फोर्सको जहाजमार्फत् नेपाल ल्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।