काठमाडाैं- पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ५५४ जनाको नमुना परीक्षण गर्दा ३२२ जना महिला र ३५८ जना पुरुषको कारोना संक्रमण देखिएको हाे।
प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार कास्कीमा १५५, म्याग्दी २०, स्याङ्जा ४९, बाग्लुङ ११८, पर्वत ४८, तनहुँ ४९, गोरखा ७५, लमजुङ ४४ र नवलपुर १२२ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ४२१ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ९४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ३५ हजार २५० पुगेको छ।
गण्डकीमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ। अहिलेसम्म मृत्यु हुनेको संख्या ७३३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।