काठमाडाैं- सिन्धुपाल्चोकमा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।
जिल्लाका १२ वटै स्थानीय तहमा सङ्क्रमितको संख्या बढेपछि जेठ ३१ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप गरेको हो।
जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिरहेको र समुदायस्तरमा फैलिनबाट जोगाउनका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।
यस अवधिमा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान सञ्चालन गर्न पाइने छ। साथै केन्द्रले जिल्ला बाहिरबाट आउने सर्वसाधारणलाई अनिवार्य क्वारेन्टिनमा बस्न पनि निर्देशन दिएको छ।
सो आदेशको पालना गर्न सम्पूर्ण व्यक्ति, सङ्घसंस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको महत्वपूर्ण भूमिका हुने भन्दै आदेशको उल्लङ्घन गरेमा प्रचलित कानूनअनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट जारी आदेशमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।