काठमाडाैं- सरकारले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्स कम्पनीले विकास गरेको कोभिड-१९ विरुद्धको खोप 'कोरोनाभ्याक' लाई नेपालमा प्रयोग गर्न अनुमति दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले शुक्रबार उक्त खोप नेपालमा प्रयोग गर्न अनुमति दिने निर्णय गरेको हो। खोप १८ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई लगाउन सकिने विभागले जनाएको छ।
उक्त खोपलाई गएको मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।