काठमाडौं- सरकारले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउनसक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पतालाई बालबालिकाको लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको हो।
मन्त्रालयले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा अत्यधिक मात्रामा प्रौढ तथा युवाहरु संक्रमित भएको र हालसम्म सबै तयारी उनीहरु लक्षित अवस्थामा रहेको जनाएको छ।
नेपालमा तेस्रो र चौथो लहर आउँदा बालबालिकाहरुलाई जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई अक्सिजनको व्यवस्थापनसहित २० प्रतिशत शय्या बालबालिकाको लागि उपयुक्त हुनेगरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।